Comments Add Comment

छविलाई साम्राज्ञीको आश, तर नायिकाले पार्दैछिन् निराश


नायिका शिल्पा पोख्रेल चलचित्रमा हुँदा हुँदै निर्माता छविराज ओझाले नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई ‘मंगलम’ नामक चलचित्रमा भित्राए । चलचित्रमा उनको भूमिका कस्तो छ भन्ने खुलाइएको छैन । तर, साम्राज्ञीको बढ्दो लोकप्रियतालाई देखेर नै छविले यसो गरेका हुन् भन्ने वुझ्न गाह्रो पर्दैन ।

तर, नायिका साम्राज्ञी भने छविराज ओझाको निर्माणमा तयार भएको चलचित्र ‘मंगलम’लाई आफ्नो सूचीमा नै राख्दिनन् ।अनलाइनखबरसँगको कुराकानीमा उनले निर्माण हुन लागेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’लाई चौथो चलचित्र भनिन् । अनी, ‘मंगलम’ सहित त पाँचवटा हुन्छ नी होइन भन्ने प्रश्नमा उनले भनिन्-‘होइन मैले पूर्ण नायिकाको रुपमा काम गरेको चलचित्रको कुरा गरेको हो । ‘मंगलम’मा मेरो केमियो हो ।’

भलै, साम्राज्ञीको भूमिका ‘मंगलम’मा कम होला । तर, काम गरिसकेपछि आफूले काम गरेको चलचित्रको सूचीमै नराख्दा निर्माताको मन दुख्नदैन र ?

साम्राज्ञी अहिले एक पछि अर्को चलचित्रमा काम गर्दैछिन् । साम्राज्ञीलाई अब संख्यात्मक चलचित्रमा बढी ध्यान दिन थालेको आरोप समेत लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment