Comments Add Comment

रेलिगेसनमा परेपछि हल सिटीका प्रशिक्षकले राजीनामा दिए

१२ जेठ, काठमाडौं । क्लव रेलिगेसनमा परेपछि इंग्लिस टोली हल सिटीका प्रशिक्षक मार्को सिल्भाले पदबाट राजीनामा दिएका छन् ।

क्लवको निरन्तरको खराव प्रदर्शनपछि माइक फेलानलाई प्रतिस्थापन गर्दै हल सिटीले ३९ बर्षीय पाोर्चुगिज प्रशिक्षक सिल्भालाई गत जनवरीमा नियुक्त गरेको थियो । नेतृत्व संहालेपछि उनले हल सिटीलाई रेलिगेसनबाट जोगाउन सकेनन् ।

उनको प्रशिक्षणमा हल सिटीले १८ खेल खेलेको थियो । जसमध्ये ६ खेलमा जित हासिल गरेको थियो । अन्तिम खेलमा क्रिष्टल प्यालेससँग ४-० को पराजय ब्यहोर्दै रेलिगेसनमा परेको थियो ।

उनको बहिर्गमनप्रति हल सिटीले बिज्ञप्ति निकाल्दै भनेको छ कि ‘समर्थकबाट निक्कै रुचाइएका प्रशिक्षक गुमाउनुपर्दा हामी निराश भएका छौं ।’

क्लव रेलिगेसनको नजिक रहेको साताको एक दिन सिल्भाले भनेका थिए, ‘मेरो लक्ष्य भनेको म्यानेजरको रुपमा पि्रमियर लिगमै काम गर्ने हो ।’

स्पोर्टिङ लिस्बोन र ओलम्पियाकोसका पूर्व प्रशिक्षक अर्को इंग्लिस क्लव बाटफोर्डसँग नजिकिएका छन् । तर बाटफोर्ड तथा अन्य कुनै क्लवले उनलाई प्रस्ताव राखिसकेका भने छैनन् । वाल्टर माज्जारीलाई हटाएपछि वाटफोर्ड प्रशिक्षकबिहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment