+
+

शिशुमा यस्तो समस्या देखिन्छ ? के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १२ गते १०:५७

नवजात शिशुमा चिसो लाग्ने, कफ जम्ने, वान्ता हुने, ज्वरो आउने, टाउकोमा घाउँ हुने जस्ता समस्या देखिन्छ । यस्तो अवस्थामा धेरै चिन्ता लिनु पर्दैन, यद्यपी सर्तक भने हुनुपर्छ । साथै सही रेखदेख पनि गर्नुपर्छ ।

चिसो, कफमा

सामन्यत वातावरणमा आउने परिवर्तनसँगै नवजात शिशुमा चिसो लाग्ने, कफ जम्ने समस्या देखापर्छ । आमाको गर्भबाट बाहिर आइसकेपछि उसको शरीरमा मौसमको प्रभाव पर्छ । एलर्जी एवं संक्रमणबाट पनि बच्चामा यस्तो समस्या देखापर्छ ।

यसको लक्षण थाहा पाएपछि उचित रेखदेख गर्नुपर्छ । कहिले कहिं कफले निकै गम्भीर समस्या पनि निम्त्याउन सक्छ । त्यसैले संभावित खतरा आउनुअघि नै उपचार गर्नुपर्छ ।

ग्यास्ट्रोफंगल रिफ्लक्स

ग्यास्ट्रोफंगल रिफलक्स बच्चाको पेटको समस्या हो, जसले पेटमा पीडा हुन्छ । अपच हुँदा दुध पिएपछि वान्ता हुनसक्छ । यो नवजातमा हुने साझा समस्या हो । बच्चाले दुध पिइसकेपछि डकार आउँछ र वान्ता हुन्छ । दुध नपच्दा वा आमाको खानपान नमिल्दा पनि बच्चामा एसिडिटी बढ्छ ।

वान्ता

वान्ता पनि बच्चाको आम समस्या हो । अपच वा ग्यास्ट्रोफंगल रिफलक्सको कारण कहिले कहिं बच्चालाई वान्ता हुनसक्छ, जो खासै ठूलो समस्या होइन । यद्यपी जब यो पटक पटक हुन्छ र दुध पिलाउनसाथ वान्ता गर्छ भने त्यसका लागि उपचार विधी खोजिहाल्नु पर्छ ।

झाडा पखलासँगै वान्ता भयो भने त्यो थप जटिल हुनसक्छ । बोत्तलबाट दुध पिलाउँदा यस्तो समस्या बारम्बार दोहोरिन्छ । यस्तो अवस्थामा बच्चालाई तुरुन्तै अस्पताल भर्ना गर्नुपर्छ र उसको तौलमा ध्यान दिनु पर्छ ।

ध्यान राख्नुपर्छ कि, बच्चालाई दुध पिलाइसकेपछि उसलाई तपाई आफ्नो काँधमा राख्नुहुन्छ भने वान्ता हुनु स्वभाविक हो । यदि डकार गर्छ भने ठीक हो । अन्याथा उसलाई सीधा पोजिसनमा राख्नुपर्छ ।

ज्वरो

शरीरमा कुनैपनि संक्रमण भएपछि ज्वरो आउँछ, जो स्वभाविक हो । सामन्य ज्वरो चिन्ताको बिषय पनि होइन । तर, भाइरल इन्फेक्सन, निमोनिया, टाइफाइडलाई भने सामन्य रुपमा लिनु हुँदैन । धेरै ज्वरो आयो भने चिकित्सकको परामर्श लिनैपर्छ ।

– तपाईको बच्चा तीन महिना वा त्यो भन्दा कम उमेरका छन् भने उसलाई १०० दशमलव ४ डिग्री फरेन हाइट वा त्यो भन्दा बढी ज्वरो छ भने उपचार गरिहाल्नुपर्छ ।

– बच्चाको उमेर तीन महिनाभन्दा बढी छ भने र उसलाई १ सय २ दशमलव २ डिग्री फरेनहाइट बढी ज्वरो छ भने सामन्य रुपमा लिन हुँदैन ।

पेटको दुखाई

कहिले कहि बच्चाहरु लामो समय रुन्छन् । उनीहरुमा केहि पीडा भएको देखिन्छ । आन्द्रामा अम्ल बन्दा वा केहि खानेकुरा अड्किएर पेट दुख्न सक्छ । यदि बच्चा लगातार रोइरहेको छ र असामन्य महसुष गरिहेको छ भने उसको पेटमा समस्या छ भन्ने बुझ्नुपर्छ ।

जन्डिस

नवजात शिशुमा धेरै संभावना हुन्छ, जन्डिसको । आमाको गर्भबाटै पनि कतिले यो रोग बोकेर आउँछन् । चिकित्सकले यस्तो बच्चालाई फोटोथेरापी दिने गर्छन् । जन्डिस भएको बच्चाको छाला, आँखा र छातीको रंग पहेंलो हुन्छ ।

कतिपय अवस्थामा बच्च जन्मनसाथ उसको कलेजोले राम्ररी काम गर्दैन, परिणमत बच्चालाई जन्डिस हुन्छ । यस्तो बच्चामा मानसिक रोग, बहिरापन जस्ता संभावना रहन्छ । यद्यपी केहि समयपछि आफै निको पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?