Comments Add Comment

सडक दुर्घटनामा गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गम्भीर घाइते

१२ जेठ, धादिङ । धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ सडक दुर्घटनामा गम्भीर घाइते भएका छन् ।

शुक्रवार विहान गजुरी गाउँपालिकाको भल्टार नजिक मोटरसाइकल दुर्घटना हुँदा चालक विवश पौडेलसहित श्रेष्ठ घाइते भएका हुन् ।

नेकपा एमालेबाट निर्वाचित अध्यक्ष श्रेष्ठ जनतालाई धन्यवाद दिन जाने क्रममा दुर्घटनामा परेको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् ।

गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि तत्कालन नेपाली सेनाको ब्यारेकमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment