Comments Add Comment

झापाली समाजले अष्ट्रेलियामा सांगीतिक साँझ आयोजना गर्ने

२६ मे, अष्ट्रेलिया । नेपालको झापा जिल्ला घर भई अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा संस्था झापाली समाज अष्ट्रेलियाले आगामी जुन ३ तारिखका दिन सुमधुर सांगीतिक साँझ २०१७ आयोजना गर्ने भएको छ ।

यसअघि पनि स्तरीय कार्यक्रम सम्पन्न गरेको झापाली समाजले यस पटक भने लोकगायक कुमार बस्नेतलाई अष्ट्रेलियाका नेपालीमाझ उपस्थित गराउने तयारी गरेको कार्यक्रमका संयोजक राजकुमार गोश्वामीले बताए ।

सांगीतिक साँझलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समाजले बैठक गरी विभिन्न निर्णय समेत गरेको संयोजक गोश्वामीले बताए ।

जुन ३ तारिखका दिन हस्र्टभिलस्थित मराना अडिटोरियममा आयोजना गरिने सांगीतिक साँझमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहनेछ ।

अष्ट्रेलियामै बसेर नेपाली संगीतको श्रीबृद्धिमा तल्लिन कलाकारहरुले आफ्ना हिट नम्बरहरु प्रस्तुत गर्नेछन भने कुमार बस्नेतले कालजयी गीतहरु प्रस्तुत गर्ने तयारी भएको छ ।

खानासहित ६० डलर प्रवेश शुल्क र अन्यलाई ३० डलरको टिकट राखिएको छ । झापाली समाजले यस किसिमका कार्यक्रमको आयोजनाबाट मुनाफा रकमलाई झापाको शिक्षा र स्वास्यको सुधारका क्षेत्रमा खर्चिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment