Comments Add Comment

लागुऔषध तस्करी गर्दागर्दै पक्राउ पर्यो परेवा

परापूर्व कालमा परेवाले चिठी तथा सन्देश आदान प्रदान गर्ने काम गर्दथ्यो । तर अब चाहीँ परेवालाई लागु औषध तस्करीमा प्रयोग गर्न थालिएको छ । लागु औषधसहित एक परेवा रंगेहात पक्राउ परेपछि यसको खुलासा भएको हो ।

कुबेतमा लागुऔषधका झण्डै २ सय गोली सहित एउटा परेवा पक्राउ परेको छ । परेवाको पिठ्युँमा लुकाइएको अवस्थामा यति ठूलो परिमाणमा लागु औषध बरामद भएको हो ।

उक्त परेवालाई इन्टर सिटी अफिसको छतमा उडिरहेको अवस्थामा देखेपछि मानिसहरुलाई शंक लाग्यो । परेवाको पखेटामाथि पिठ्युँमा अस्वभाविक उठेको भाग थियो । त्यसपछि परेवालाई समाइयो । जब उसको पिठ्युँमा लागु औषधका गोलीहरु भेटिए तब सबै छक्क परे ।

इन्टरनेट प्रयोगकर्ताहरुले यसरी लागु औषध तस्करीमा प्रयोग हुने परेवालाई खतरनाक भनेका छन् र यसलाई र्याट्स अफ द स्काई नाम दिएका छन् । परेवाको पिठ्युँमा राखेर कसले लागु औषध ओसारपसार गरेको हो भन्ने चाहीँ खुलेको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment