Comments Add Comment

प्रधानमन्त्री कप क्रिकेटः बर्षाले प्रभावित खेलमा सुदूरपश्चिम र पूर्वाञ्चलले अंक बाँडे

१२ जेठ, काठमाडौं । जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल बर्षाले प्रभावित भएपछि सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल बिकास क्षेत्रको टोलीले अंक बाँडेका छन् ।

सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पूर्वाञ्चलले ४ ओभरमा ४ विकेट गुमाउँदै २२ रन बनाउँदा बर्षा बाधक बनेको थियो । त्यसयता खेल सुचारु गर्न सकिएन र दुवैले एक एक अंक पाए ।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४५.२ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । उसका लागि बिजय रानाले ५५ रनको अर्धशतकीय पारी खेले । १०८ बलमा उनले २ चौका प्रहार गरे । खराव सुरुवात गरेपनि मध्यक्रममा आएर उनले सुदूरपश्चिमको पारी उकासे । उसका लागि सन्तोष भट्टले २२ रनको योगदान दिए ।

दोहोरो अंकको रन बनाउन नसकेका सुदूरपश्चिमका ७ ब्याट्सम्यानमध्ये दुई जना खाता खोल्नै नपाई पेविलियन फर्केका थिए । सुदूरपश्चिमले २३ अतिरिक्त रन पाएको थियो ।

बलिङतर्फ पूर्वाञ्चलका पुष्प थापा र सागर ढकालले ३/३ तथा मनिष थापाले २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment