Comments Add Comment

पोखरा लेखनाथ महानगरका बहुमत वडामा एमालेको कब्जा

२० वडामा एमाले, ७ वडामा कांग्रेस र ६ वडामा मिश्रित नतिजा, माअोवादी शून्य

१२ जेठ, पोखरा ।  पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले २० वटा वडामा प्यानल जित हात पारेको छ भने नेपाली कांग्रेसले ७ वटा वडामा प्यानल जित हासिल गरेको छ ।

६ वटा वडामा भने मिश्रित परिणाम आएको छ । मिश्रित परिणाम आएको वडा मध्ये कांग्रेसले ४ र एमालेले २ वटामा वडाध्यक्ष जितेको छ । माओवादी भने  महानगरमा एक जना सदस्य पनि जित्न सकेन ।

एमालेले वडा नम्बर १, ५, ७, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ मा प्यानल जित हात पारेको हो । कांग्रेसले वडा नम्बर २, ३, ४, ९, १० , २३ र २७ नम्बर वडामा प्यानल सहित जितेको छ ।

एमालेले वडा नम्बर ८ र २२ मा वडाध्यक्ष जितेको छ । एमालेले वडा नम्बर ८ मा वडाध्यक्षसहित महिला सदस्य र दलित महिला सदस्य जितेको छ भने कांग्रेसले २ खुल्ला सदस्य जितेको छ ।

त्यस्तै, वडा नम्बर २२ मा एमालेले वडाध्यक्ष र महिला सदस्य जितेको छ भने कांग्रेसले दुई खुल्ला सदस्य र दलित महिला सदस्य जितेको छ ।

वडा नम्बर ६ मा कांग्रेस वडाध्यक्षमा मात्र सिमित भयो । सो वडाको अन्य सबै सदस्य एमालेले जितेको छ । वडा नम्बर ११ मा कांग्रेसले वडाध्यक्षसहित महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य जितेको छ भने एमालेले एक खुल्ला सदस्य जितेको छ ।

वडा नम्बर १२ मा कांग्रेसले वडाध्यक्ष र महिला सदस्य जितेको छ भने एमालेले दुई खुल्ला सदस्य र दलित महिला सदस्य जितेको छ ।

त्यस्तै, ३२ मा कांग्रेसले वडाध्यक्षसहित एक खुल्ला सदस्य जितेको छ भने एमालेले महिला सदस्य, दलित महिला सदस्य र एक खुल्ला सदस्य जितेको छ ।

जितको परिणामलाई प्रतिशतमा हेर्ने हो भने एमालेले कुल निर्वाचित प्रतिनीधि मध्येको ७०.६६ प्रतिशत र कांग्रेसले २९.३४ प्रतिशत जितेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकामा कुल १ सय ६७ जना निर्वाचित प्रतिनीधि मध्ये एमालेका १२८ सदस्य निर्वाचित भएका छन् । महानगरको मेयर, उपमेयर, २२ वटा वडामा वडाध्यक्षसहित ५ जनाको दरले १०० र मिश्रतिमा १६ सदस्य गरेर कुल ११८ सदस्य एमालेको पोल्टामा परेको हो ।

कांग्रेसले ७ वटा वडामा प्यानल जित दर्ता गर्दा ५ जनाको दरले ३५ र मिश्रति परिणाम आएको वडामा १४ सदस्य जितेको कांग्रेसको कुल ४९ प्रतिनीधि निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment