Comments Add Comment

माओवादीले घोषणा गर्‍यो बिर्तामोडका मेयर र उपमेयरका उम्मेदवार

मेयरका उम्मेदवार सीपी कडरिया र उपमेयरका उम्मेदवार लक्ष्मी न्यौपाने

१२ जेठ, झापा । झापाको बिर्तामोड नगरपालिकामा माओवादी केन्द्रले मेयर र उपमेयरका उम्मेदवारहरु घोषणा गरको छ ।

मेयरमा सीपी कडरियालाई र उपमेयरमा लक्ष्मी न्यौपानेलाई माओवादीले उम्मेदवार घोषणा गरेको हो ।

शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच माओवादीले मेयर उपमेयरसहित नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका उम्मेदवारहरु घोषणा गरेको हो ।

जस अन्तरगत वडा नं. १ मा हाईकुमार राई, वडा नं. २ मा नेठुलाल राजबंशी, वडा नं. ३ मा चक्रप्रसाद बिमली, वडा नं. ४ मा जनबहादुर जबेगु, वडा नं. ५ मा विरबहादुर दर्नाल, वडा नं. ६ मा रामकृष्ण अधिकारी, वडा नं. ७ मा नन्दकुमार उप्रेती, वडा नं. ८ मा नवराज खतिवडा, वडा नं. ९ मा मनप्रसाद लिम्बु र वडा नंं १० मा रिमानध्वज लोक्ताम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment