Comments Add Comment

एमालेले मोरङका थप ३ तहमा उम्मेदवार टुङगो लगायो

१२ जेठ, विराटनगर । दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले मोरङका १७ मध्ये ११ तहका उम्मेदवारहरुको टुङ्गो लगाएको छ ।

शुक्रबार थप ३ स्थानीय तहको उम्मेदवार एमालेले टुगो लगाएको हो । दुई दिन अघि एमालेले ३ नगरपालिका र ५ गाउँपालिकाको उम्मेदवारको टुगो लगाएको थियो ।

एमालेका वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठका अनुसार एमाले प्रदेश कमिटिले लेटाङ नगरपालिका पथरी शनिश्चरे नगरपालिका र मिक्लाजुङ गउपालिकको प्रमुख र उपप्रमुखको टुगो लगाएको हो ।

लेटाङ नगरपालिकाको मेयरमा भूपेन्द्र लावती उपमेयरमा कृष्णकुमारी निरौलालाई उम्मेदवार वनाएको छ ।

त्यसैगरी पथरी शनिश्चरे नगरपालिकाको मेयर दिलिप कुमार राई -किशोर) र उपमेयर यमुना बिष्ट – बाँस्तोला) लाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी मिक्लाजुङ्ग गाउँपालिकाको प्रमुख- उपप्रमुखमा क्रमश देवी आचार्य र सरला राई उम्मेदवार बनेका छन् ।

निर्वाचन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले जेष्ठ १९ गते मनोनयन दर्ता गर्ने दिन निधारण गरेको छ ।

एमाले मोरङले दुई दिन अघि उर्लाबारी, रंगेली र सुनवषिर् नगरपालिकाका मेयर तथा उपपेयरको टुङ्गो लागेको थियो ।

यस्तै कानेपोखरी, धनपालथान, कटहरी, ग्रामथान,केराबारी गाउँपालिकाका प्रमुख तथा उपप्रमुखको टुङ्गो लागेको हो ।

त्यसैगरी एमालेले उर्लाबारी,सुनवषर्ी नगरपालिका,रंगेली नगरपालिकाको मेयर र उपमेयरको टुगो लगाएको थियोे ।

त्यस्तै मोरङको भने कानेपोखरी गाउँपालिका ,धनपालथान, ग्रामथान गाउँपालिकाका कटहरी गाउँपालिकाको प्रमुख र उपप्रमुखको टुगो लगाएको थियो ।

यता मोरङ काग्रेसले पहिलो पल्ट एक नगरपालिका र एक गाउपालिकको प्रम्ख र उपप्रमुखको टुगो लगाएको छ ।

उर्लावारी नगरपालिको प्रमुखमा खड्ग फागो र उपमेयर सिता कार्कीलाई उम्मेदवार वनाएको छ ।

त्यसैगरी केरावारी गाउपालिकाको प्रमुखमा रोहित कार्की र उपप्रमुखमा कल्पना कटुवाल राईलाई उम्मेदवार वनाएको छ । अन्य १५ वटा स्थानीय तहको उम्मेदवारको टुगो लगाउन मोरङ काग्रेसले सकेको छौन ।

यता माअेवादी केन्द्रले १७ स्थानीय तह मध्ये १५ वटामा मेयर र उपमेयरकामे टुगो लगाइसकेको छ । राप्रपाले भने पथरी शनिश्चरे नगरपालिका र सुनवर्षी  नगरपालिकाको मेयरको उम्मेदवार टुगो लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment