Comments Add Comment

इलामका चार नगरपालिकामा माओवादीले छान्यो उम्मेदवार


१३ जेठ, इलाम । स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ ।

माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा रामकुमार राई र उपप्रमुखमा शान्ता बस्नेतलाई उम्मेदवार चयन गरेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले बताए ।

यस्तै सूर्योदय नगरपालिका प्रमुखमा राज राई र उपप्रमुखमा टीका घिमिरे तथा माई नगरपालिका प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापालाई छनोट गरिएको छ ।

नेकपा (एमाले) ले १० स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र अन्य सदस्यको टुङ्गो लगाइसकेको छ । नेपाली काँग्रेसमा पनि उम्मेदवारी प्रक्रिया चलिरहेको छ । केही ठाउँमा उम्मेदवार छनोट गरिसकेको काँग्रेसले आजसम्ममा उम्मेदवार टुङ्गो लगाउने काँग्रेसका प्रचारप्रसार विभागका प्रमुख निरोज खड्गीले जानकारी दिए ।

यसैबीच निर्वाचनको प्रचारका लागि राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले टोपी, झोला, टिसर्टजस्ता साङ्केतिक सामग्री प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, प्रतीकचिह्न, झोलाजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री र प्रदर्शनमा रोक लगाउन निर्देशन दिएको छ ।

यसअघि पहिलो चरणमा समेत प्रयोगमा रोक लगाउन आदेश दिइए पनि कतिपय क्षेत्रमा यसको उल्लङ्घन भएको थियो । यसअघि निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ का मौनअवधिमा मात्र यस्ता सामग्रीको प्रयोग, बिक्री वितरण र प्रदर्शनमा रोक लगाउने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment