Comments Add Comment

बाहुबली बराबर मेरा २ फिल्मः सलमान खान

बाहुबली २ ले गरेको बेजोड व्यापारले बलिउडका मै हुँ भन्ने सुपरस्टारहरुलाई ठूलो चुनौति दिएको छ । यी सुपरस्टारहरु यतिबेला के सोचिरहेका होलान् ?

सलमान खानको कुरा गरौं । उनको फिल्म ‘ट्यूवलाइट’ यसै वर्ष दर्शकमाझ आउँदैछ । के उनको फिल्म ‘बाहुबली २’ को छेउँछाउँ पनि पुग्न सक्ला ?

हालै मुम्बईमा भएको ट्यूवलाइटको ट्रेलर लन्च कार्यक्रममा सलमानलाई यो प्रश्न सोधियो । उनी हल्का मुस्कुराए र कुटनीतिक जवाफ दिए ।

‘बाहुबली ४ वर्ष लगाएर बनेको फिल्म हो । म २ वर्षमा एउटा फिल्म पुरा गर्छु । ४ वर्षमा मैले गर्ने दुई फिल्मको व्यापार जोड्ने हो भने बाहुबली २ जत्ति नै पुग्छ,’ सलमानले भने । त्यसो त अहिलेसम्म आफूले बाहुबली २ नहेरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment