Comments Add Comment

सलमानकी चाइनिज हिरोइन गणेशकी भक्त

अभिनेता सलमान खानले आफ्नो फिल्म ‘ट्यूबलाइट’ बाट एक चिनिया अभिनेत्रीलाई बलिउडमा डेब्यू गराउँदैछन् । जू जू नाम गरेकी यी अभिनेत्रीको विषयमा अहिले तीव्र कौतुहलता छ ।

जूजू चीनकी चर्चित अभिनेत्री हुन् । उनले थुप्रै हलिउड फिल्म तथा अमेरिकी टिभी शोमा काम गरिसकेकी छिन् ।

उनले केवल तीन वर्षको उमेरमा पियानो सिक्न थालेकी थिइन् । आफ्नो जुनियर स्कुलको समयमा नै उनले ‘ब्यूटी एन्ड द बीस्ट’ को कथामा पर्फमेन्स गरेकी थिइन् ।

जू जू हिन्दूहरुका भगवान गणेशप्रति आस्था राख्छिन् र सँधै गणेशको मुर्ति आफूसँग लिएर हिँड्छिन् ।

सन् २००५ मा जूजूले चीनको एउटा प्रख्यात म्युजिक च्यानलमा काम गर्थिन्, जहाँ उनी एउटा म्यूजिक शो होस्ट गर्थिन् । उनी बेइजिङको एउटा लोकल सिंगिङ शोको विजेता बनेकी थिइन् । उनी राष्ट्रिय स्तरको प्रतियोगिताको पनि विजेता बनिसकेकी छिन् । सन् २००९ मा जू जूको पहिलो एल्बम रिलिज भएको थियो ।

जूजू पढाईमा पनि पछाडि छैनन् । उनले बेइजिङ टेक्नोलोजी एन्ड विजनेस यूनिभर्सिटीबाट इन्जिनीयरिङ गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment