Comments Add Comment

शाहरुखको घर अगाडि भेटिए हराएका ३ दिदीबहिनी

भारतमा अभिनेता शाहरुख खानको फ्यान फलोइङ निकै ठूलो छ । शाहरुखका फ्यानहरु बच्चादेखि बुढासम्म छन् ।

नासिकमा बस्ने तीन किशोरी दिदीबहिनीहरु हालै घरबाट हराए । उनीहरु १२ देखि १५ वर्षभित्रका थिए ।

छोरीहरु हराएपछि बाबुआमाले प्रहरीमा रिपोर्ट दर्ता गरे । बाबुले प्रहरीलाई बताए कि उनका छोरीहरु शाहरुख खानका ठूला फ्यान हुन् ।

नासिकको प्रहरीले मुम्बईको ठाणे पुलिस स्टेसनमा सम्पर्क गर्‍यो । उनीहरुलाई मुम्बईको रेल्वे स्टेसन र बसपार्कहरुमा खोजियो । तर फेला परेनन् ।

त्यसपछि प्रहरीको टोली पुग्यो शाहरुखको घर ‘मन्नत’ को आसपास । नभन्दै दिदीबहिनीहरु त्यहीँ भेटिए । उनीहरु शाहरुख आफ्नो घरबाट निस्केको बेला हेर्न पाउने प्रतिक्षामा रहेछन् ।

प्रहरीले उनीहरुलाई चौकीमा ल्यायो र काउन्सीलिङ गर्‍यो । त्यसपछि परिवारलाई बोलाएर जिम्मा लगाइयो । यो कुरा थाहा पाएपछि शाहरुख र उनको परिवार पनि छक्क परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment