Comments Add Comment

निन्द्रा नलाग्नु कति हानिकारक ?

हामीले अनुभव गरेको कुरा हो, राम्ररी निन्द्रा लागेन भने दिनभर अल्छी लाग्छ, झर्को लाग्छ । शरीरको स्फूर्ति हराउँछ । मन चंगा हुँदैन । यसले हाम्रो शरीरमा अनेकन रोगहरु समेत निम्त्याउँछ ।

गहिरो निन्द्रा शारीरिक र मानसिक स्वस्थ्य एवं सुन्दरताको लागि अपरिहार्य छ । भनिन्छ, यो प्रकृतिको एक महान पौष्टिक औषधी हो । गहिरो निन्द्राले हामीलाई आफ्नो उर्जा हासिल गर्न, मस्तिष्कलाई ताजा राख्न र शारीरिक संसाधनको अधिकतम प्रयोग गर्न मद्दत मिल्छ । राम्रो स्वास्थ्य र निन्द्राको बीच गहिरो सम्बन्ध छ ।

किन जरुरी छ ?

–   जब तपाईलाई निन्द्रा लाग्छ, तब शरीरका अंगहरु निश्त्रिmय हुन थाल्छ । शिथिल हुन्छ । त्यसैले मस्त सुतेपछि पुन तपाईको शरीरमा नयाँ स्फूर्ति आउँछ ।

–   सुतेको समयमा नयाँ कोशिका पैदा हुन्छ र एन्डी बडिज उत्पन्न हुन्छ ।

–   निन्द्रा राम्ररी लागेन भने त्यसको असर स्वास्थ्य र सौन्दर्य दुबैमा पर्छ ।

कसरी पाउने त गहिरो निन्द्रा ?

–   गहिरो निन्द्रको लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ । शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने गतिविधि जारी राख्नुहोस् ।

–   सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।

–   बिहान चाडै उठ्ने प्रयास गरौं र मर्निङवाकमा निस्कने गरौं ।

–   गहिरो निन्द्रको लागि ओछ्यान आरमदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम विछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम विछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुन सक्छ । धेरै मुलायम र धेरै कडा विछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन ।

–   सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।

–   संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । यो सुत्नेको आदर्श तरिका हो ।

–   सुत्नसाथ निन्द्रा लाग्दैन भने केहि पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।

–   मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् ।

–   निन्द्रकाको लागि कुनै औषधी सेवन गर्नु ठीक होइन । त्यसले प्राकृतिक निन्द्रा दिदैन । बरु टाउको दुख्ने र स्वास्थ्य सम्बन्धी अन्य समस्या निम्त्याउने खतरा हुन्छ ।

–   शयन कक्षमा यस्तो सामग्री नराखौं, जसले निन्द्रा विथोल्छ । जस्तो टेलिभिजन, कम्प्युटर आदि नराखौ ।

–   चामल, आलु जस्ता भोजन रातको समयमा गर्नु उचित हुँदैन । म्यागनेसियमले भरपुर भोजन गर्नुहोस्, जसले गहिरो निन्द्रा लाग्छ ।

–   कोठमाको तापमान सन्तुलित हुनुपर्छ ।

–   सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक-पटक पिसाब लाग्ने भएकाले निन्द्रा विथोलिन्छ ।

–   खुट्टा पैतलामा तातो सरस्र्युको तेलले मसाज गर्नुहोस्, यसले पनि गहिरो निन्द्रा लाग्छ ।

–   सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं ।

–   सुत्नुअघि सबै उपकरण बन्द गरौं, जस्तो कि मोवाइल, टिभी ।

–   धेरै शारीरिक मिहेनत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment