Comments Add Comment

किन खतरानाक छ गर्भकालीन मधुमेह ?

गर्भकालीन मधुमेह, जो गर्भावस्थाको क्रममा विकास हुन्छ । सामन्यत गर्भावस्था समाप्त भएपछि यो आफै निको हुन्छ । जुन महिलालाई गर्भावस्थामा मधुमेह हुन्छ, उनीहरुलाई त्यसपछिका पाँचदेखि दश बर्षसम्म मधुमेह रहने खतरा हुन्छ । यदि त्यसको उपचार गरिएन भने आमा र बच्चा दुबैमा जटिलता निम्त्याउन सक्छ ।

कस्ता महिलामा हुनसक्छ मधुमेहको जोखिम ?

–   तीस बर्षभन्दा बढी उमेरमा गर्भधारण भएकी

–   परिवारमा मधुमेह भएको अवस्थामा

–   आनुवांशिक अत्याधिक मोटो

–   पूर्व सन्तानको डेलिभरीको समयमा बच्चाको तौल चार किलो भन्दा बढी भएको

–   पूर्व प्रसवमा मृत्त बच्चा जन्मिएको

–   प्रसवको बेला पेटमा अधिक पानी भएको

के छ खतरा ?

– गर्भकालीन मधुमेहले शिशुको मृत्युदरमा बृद्धि

–   गर्भकालीन मधुमेहले कष्टप्रद प्रसव

–   बच्चामा जन्मजात विकृति

–   गर्भकालीन मधुमेहको प्रभाव बच्चामा पर्छ । गर्भमा बच्चाको आकार बढ्छ, जसले डेलिभरीमा समस्या ल्याउँछ ।

कसरी थाहा पाउने ?

सामन्यत गर्भकालीन मधुमेहको संकेत देखिदैन, जसलाई सजिलै पत्ता लगाउन सकियोस् । यद्यपी निम्नलिखित लक्षणबाट गर्भकालीन मधुमेह भएको थाहा पाउन सकिन्छ ।

–   थकान

–   मुख सुख्खा हुनु

–   धेरै तिर्खा लाग्नु

–   धेरै पिसाब आउनु

–   कुनैपनि संक्रमित रोग पटक पटक हुनु

–   दृष्टि धमिलो हुनु

सावधानी

–   नियमित चिकित्सकीय परीक्षण गराउने

–   सन्तुलित खानेकुरा लिने

–   नियमित व्यायाम गर्ने

गर्भकालीन मधुमेहमा स्वास्थ्यपूर्ण आहार

–   खानामा अलग-अलग किसिमको अन्न खाने

–   भोजन र अन्य नास्ता नियमित रुपले लिने

–   कार्बोहाइड्रेडयुक्त अन्न सेवन गर्ने

–   धेरै मात्रामा चीनी भएको खानेकुरा सेवन नगर्ने

–   मौसमी फल र सलाद सेवन गर्ने

–   खाना खाएपछि पैदल हिँडडुल गर्ने

–   धूमपान र मदिराबाट टाढै रहने

–   सुगर लेभल जाँच गराइरहने

डेलिभरीपछि मधुमेह नियन्त्रण

बच्चालाई जन्म दिइसकेपछि कम मात्रामा इन्सुलिनको जरुरत हुन्छ । बच्चालाई दुध पिलाउन थालेपछि रगतमा ग्लुकोजको मात्रा कम हुन्छ । यदि बच्चालाई आफ्नो दुध पिलाउनु हुन्छ भने, अधिक पेय पदार्थको जरुरत हुन्छ ।

बच्चा जन्माइसकेपछि मधुमेह प्राय आफै ठीक हुन्छ । रगतमा ग्लुकोजमो मात्रा सामन्य स्तरमा आउँछ । यद्यपी पाँच वा छ महिनापछि मधुमेह परीक्षण गराउनुपर्छ, ताकि ढुक्क हुन सकियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment