Comments Add Comment

साझा पार्टीको प्रवक्तामा डा. सुर्यराज आचार्य नियुक्त

१३ जेठ, काठमाडौं । साझा पार्टीले केन्द्रीय संयोजन समितिका सदस्य डा. सुर्यराज आचार्यलाई प्रवक्ता तोकेको छ । पार्टीप्रति सञ्चारमाध्यममा बढेको चासोलाई व्यवस्थितरूपमा सम्बोधन गर्न आचार्यलाई प्रवक्ता तोकिएको संयोजक रवीन्द्र मिश्रले जानकारी दिए ।

डा. आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ हुन् । थाइलण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजी (एआइटी)बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गरेका छन् ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment