Comments Add Comment

सुँगुरको ताजा रगत किन खान्छन् यहाँका मानिसहरु ?

भियतनाममा सुँगुरको ताजा रगतलाई मानिसहरु स्वादिष्ट भोजनको रुपमा लिन्छन् । तर मस्तिष्क ज्वरो अर्थात् मेनेन्जाइटिसका विरामीहरुको बढ्दो संख्यासँगै डाक्टरहरुले सुँगुरको ताजा रगत नखान चेतावनी दिइरहेका छन् ।

सुँगरको आन्द्राभुँडी र ताजा रगतलाई मिलाएर भियतनाममा एउटा परिकार बनाइन्छ । आन्द्राभ्ँडीलाई सुरुमा मज्जाले उमालिन्छ । अनि त्यसमा ताजा रगत खन्याइन्छ । फेरि त्यसलाई चिसो बनाइन्छ । रगत र आन्द्राभुँडीको त्यो परिकार जेलीजस्तै बन्दछ, अनि त्यसलाई मिठो मानीमानी खाइन्छ ।

यो डिश भियतनाममा निकै लोकपि्रय रहेको छ । तर निकै खतरनाक रहेछ । सुँगुरको जिउभित्र निकै धेरै जिवाणुहरु पाइन्छन् र ती जिवाणुमध्ये धेरै रगतमै बस्दछन् । ती जिवाणुका कारण मानिसमा मेनेन्जाइटिस समेत हुने बताइएको छ ।

भियतनाममा हरेक वर्ष मेनेन्जाइटिसका सयौँ बिमारी फेला पर्दछन् । त्यसमध्ये १० प्रतिशतको मृत्यु हुन्छ ।

भियतनाममा सुँगुरको ताजा रगत खानु त्यहाँको परम्पराको हिस्सा हो । मानिसहरु झण्डै हरेक दिनजसो नै सुँगुरको ताजा रगत खान्छन् ।

त्यहाँका ग्रामीण क्षेत्रमा एक तिहाइ र सहरी क्षेत्रमा १० प्रतिशत मानिसहरुले सुगुरको ताजा रगत खाने गर्दछन् ।

विशेषज्ञहरुका अनुसार भियतनामका लागि सुँगुरको ताजा रगतको परिकार एउटा चुनौति बनेको छ । मानिसहरुमा जागरुकताका माध्यमबाट यसलाई अन्त्य गर्न सकिन्छ । आम मानिसहरुलाई यस्तो परिकार स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा बुझाउनु पर्दछ । तर सांस्कृतिक कारणले यो सजिलो छैन ।

विज्ञहरुका अनुसार सुँगुरको ताजा रगत स्वास्थ्यका लागि हानिकारक हुन्छ र यसबाट बच्नु आवश्यक छ । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment