Comments Add Comment

अल्ट्रा रेसको उपाधि आर्मीका राजनलाई

१३ जेठ, काठमाडौं । पहिलो खुल्ला कैलाश काठमाडौं एवेरेस्ट अल्ट्रा दौडको उपाधि नेपाल आर्मीका राजन खत्रीले जितेका छन् ।

नेपाल माउन्टेनरिङ सङ्घको आयोजनामा शनिबार काठमाडौँमा आयोजित प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो आर्मीकै क्रमशः टीकाराज कटवाल, हरि रिमाल र रामजी बस्नेतले बाजी मारेका छन् ।

उक्त रेस चोभारदेखि सुरु भएर चाल्नाखेल (चार भञ्ज्याङ (हात्तीवन रिसोर्ट (चम्पादेवी हुँदै चोभार जलविनायक मन्दिरमा आएर समापन भएको थियो । करिब १५.२ किमी रहेको दौडमा खत्रीले एक घन्टा ३५ मिनेट, कटवालले एक घन्टा ३८ मिनेट, रिमालले एक घन्टा ४० मिनेट, बस्नेतले एक घन्टा ४० मिनेट ५१ सेकेन्ड तथा पाँचौँ आउने नवराज साउतले एक घन्टा ४१ मिनेटमा दूरी पार गर्न सफल भएका थिए ।

विजेता पहिलोले रु ३० हजार, दोस्रोले रु २० हजार, तेस्रोले रु १५ हजार, चौथोले रु पाँच हजार र पाँचौँले रु दुई हजार ५०० मेडलसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment