Comments Add Comment

श्रीदेवीकी छोरीलाई भाउ दिएनन् रणवीरले

बलिउड अभिनेत्री श्रीदेवीकी जेठी छोरी जान्भी कपुरले अहिलेसम्म कुनै फिल्म खेलेकी छैनन् । तर बलिउडमा उनको चमकदमक कुनै स्थापित हिरोइनको भन्दा कम छैन ।

पार्टीहरुमा जाने, आफ्नो ग्ल्यामर देखाउने, क्यामराहरु आकषिर्त गर्ने, अनि कसरी हुन्छ मिडियामा गसिप बन्ने, यस्तै छ जान्भीको दिनचर्या ।

जान्भीलाई हालै करण जौहरको बर्थडे पार्टीमा पनि देखियो । त्यहाँ उनी आफ्नी आमासँगै पुगेकी थिइन् । विछट्टै राम्री भएर गएकी जान्भीमा धेरैको नजर परेको त थियो नै, उनको नजर भने परेको थियो अभिनेता रणवीर कपुरमाथि । उनी बारम्बार रणवीरको ध्यानाकर्षण आफूतिर तान्ने र गफ गर्ने प्रयासमा थिइन् ।

तर, रणवीरले जान्भीलाई बालै दिएनन् । उनी आफ्ना साथीहरुसँग गफिएर बसिरहे । जान्भीलाई फर्केर पनि हेरेनन् । यसबाट जान्भीलाई ठूलो चोट पुग्यो । पार्टीबाट निस्कँदा उनको अनुहार निकै मलिन थियो ।

त्यसो त जान्भीका दिदीबहिनीको विषयमा हालै मात्र उनका सौतेनी भाई अर्जुन कपुरले कडा टिप्पणी गरेका थिए । उनले श्रीदेवीका छोरीहरुसँग आफ्नो कुनै सम्वन्ध नरहेको र भेट पनि नभएको बताएका थिए ।

जान्भीले करण जौहरको फिल्मबाट बलिउडमा इन्ट्री गर्ने तयारी गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment