Comments Add Comment

डेन्टिस्ट चाहिदैन, तपाई आफै हटाउन सक्नुहुन्छ दाँतको फोहोर 

हाम्रो व्यक्तित्वमा दाँतको खास भूमिका हुन्छ । मिलेका दाँतका पंक्ति सौन्दर्यकै एक हिस्सा हो । साथसाथै यसको साइनो स्वास्थ्यसँग पनि जोडिएको छ । दाँत राम्रो, बलियो, स्वस्थ्य छ भने कुनैपनि खानेकुरा राम्ररी चपाउन सकिन्छ, जो पचाउनका लागि सहज हुन्छ । यद्यपी दाँतको स्वास्थ्यमा हामी उति ख्याल गर्दैनौ, जसले दाँत कमजोर हुन्छ । पहेंलिन्छ । फोहोर जम्छ ।

दाँत किन कमजोर र फोहोर हुन्छ ?

हामीले खाएका खानेकुराहरु दाँतले चपाउनु पर्ने भएकाले त्यसको केहि अंशमा दाँतमै रहन्छ । कति खानेकुरा दाँतको चेपमा अल्भिmएर बस्छ । यदि खानेकुरा खाएपछि राम्ररी मुख कुल्ला वा ब्रस नगर्दा त्यस्ता बस्तु दाँतभित्रै सड्न थाल्छ । यसैले दाँतमा संक्रमण हुन्छ । दाँत पहेंलो वा फोहोर हुन्छ । चुरोट, खैनी, मदिरा, गुट्खा, पान आदि सेवन गर्दा पनि त्यसले प्रत्यक्ष रुपमा दाँतलाई हानी गर्छ ।

दाँत सफा गर्दा केमिकलको खतरा

दाँत सफा गर्नका लागि अहिले कति केमिकस पनि प्रयोग गरिन्छ, जसले दाँतलाई झन कमजोर बनाउँछ । यसले दाँतको प्राकृतिक इनामेल पनि नष्ट गर्छ र संक्रमणको खतरा बढाउँछ ।

अहिले डेन्टल चिकित्सा अन्र्तगत डेन्टल ब्लीचिङबाट दाँतको पहेंलोपन, फोहोर हटाउने गरिन्छ । यो केहि प्रकारको हुन्छ ।

यसरी पनि सफा गर्न सकिन्छ

डेन्टल ब्लीचिङको कुनै साइड इफेक्ट हुँदैन र यसले दाँतमा प्रतिकुल असर गर्दैन । यद्यपी यो विधी अपनाइसकेपछि केहि सावधानी अपनाउनु पर्छ । ब्लीचिङ गरे लगत्तै चिकित्सकले दिएको क्रिम लगाउनु पर्छ । ब्लीचिङ गर्दा दाँतको सेन्सिभिटी बढ्न सक्छ, यद्यपी यो अस्थाई हुन्छ । त्यसैले केहि समयसम्म चिकित्सककै सल्लाह अनुसार खानपानमा सर्तकता अपनाउनु पर्छ ।

घरेलु विधी

दाँत सफा राख्न, चम्किलो बनाउन, स्वस्थ्य एवं बलियो बनाउन अस्पताल नै धाउनुपर्छ भन्ने छैन । घरमै उपलब्ध सामग्रीको प्रयोगबाट पनि दाँत सफा राख्न सकिन्छ ।

–    घर आँगनमा पाइने तुलसीमा दाँतको पहेंलोपन हटाउने बिशेष क्षमता हुन्छ । यसले तपाईको दाँत तथा मुखको रोग पनि ठीक गर्छ । तुलसीको पात सुकाएर पाउडर बनाउने, त्यसलाई टुथपेस्टमा मिलाएर ब्रस गर्नुपर्छ ।

–    सुन्तलाको बोक्रा र तुलसीको पातको मिश्रण पनि उपयोगी हुन्छ । दुबैलाई सुखाएर पाउडर बनाउनु पर्छ । यही पेस्टले ब्रस गर्ने तथा दाँतमा मसाज गर्नुपर्छ ।  यसमा रहेको भिटामिन सि र क्याल्सियमले दाँत चम्किलो बनाउँछ ।

–    नीमको उपयोग प्राचिन कालबाटै दाँत सफा गर्नका लागि गरिन्थ्यो । नीमले दाँत सफा बनाउने र दाँतको व्याक्टेरिया नष्ट गर्ने क्षमता राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment