Comments Add Comment

निधारबाट रगत बगेको थाहा नै पाएनन् रणवीरले

चलचित्र ‘पद्यमावती’को क्लाइमेक्स सुटिङको क्रममा नायक रणवीर सिंह घाइते भएका छन् । रणवीरको निधारमा चोट लागेको छ । भारतीय मिडियाले उल्लेख गरे अनुसार सुटिङ गरिरहेका वेला उनको निधारमा चोट लागेको थियो । सुटिङ ब्यस्त रणवीरले निधारमा चोट लागेको थाहै पाएनन् जब, निधारवाट रगत बग्यो अनी मात्रै उनले चोट लागेको थाह पाए ।

उनलाई तत्कालै नजिकको अस्पताल लगेर उपचार गरिएको थियो । चोट लागेको ठाउँमा डे्रसिङ गरेपछि उनी पुन सुटिङमा पुगेका थिए । घाइते अवस्थामै बाँकी सुटिङ उनले पुरा गरेका थिए ।

सुटिङको क्रममा रणवीर घाइते भएको यो नै पहिलो घटना होइन । यसअघि चलचित्र ‘बाजीराव मस्तानी’को सुटिङमा पनि रणवीर घाइते भएका थिए । ‘बाजीराव मस्तानी’को सुटिङमा उनको काँधको अप्रेशन नै गर्नु परेको थियो ।

यो चलचित्रमा रणवीरको साथमा साहिद कपुर र दीपिका पादुकोणको मुख्य भुमिका छ । यो चलचित्रमा रणवीर अलाउद्दिन खिलाजीको भुमिकामा छन् भने शाहिदले राजा रत्नसेनको भुमिका निर्वाह गरेका छन् । दीपिका भने चलचित्रको शिर्ष भूमिकामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment