Comments Add Comment

इलेक्ट्रिक रेजरले दाह्री खौरिन्छ यो बाँदर

सोसल मिडियामा हालैका दिनहरुमा एउटा भिडियो भाइरल बनिरहेको छ । जसमा रातो रङको टिसर्ट तथा खुट्टामा कार्टून क्यारेक्टरवाला जुत्ता पहिरिएको एउटा बाँदरले इलेक्ट्रिक शेवर मेसिनले दाह्री खौरिरहेको छ ।

पहिलोपटक इन्स्टाग्राममा गत बुधबार यो भिडियो अपलोड गरिएको थियो । भिडियोमा देखिएकेा बाँदर घरपालुवा हो । बाथरुमभित्र कोही मानिसले उक्त बाँदरको दाह्री खौरिरहेको छ ।

बाँदर उभिएर आरामसँग आफ्नो दाह्री खौरिन दिएको छ । दाह्री मात्र होइन यो बाँदरको हेयर स्टाइल पनि निकै फरक छ ।

यो बाँदरको सैनिक स्टाइलको हेयर कटिङ खुबै सुहाएको छ । एकातर्फ दाह्री खौरिसकेपछि बाँदरले बडो स्टाइलले अर्कोतर्फ मुख फर्काउँछ । सेभिङ सकिएसँगै उसले स्टाइल मार्न सुरु गरिहाल्छ ।

हेर्नुस् भिडियो

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment