Comments Add Comment

यो बच्चालाई लाग्यो चाउचाउ र कोकाकोलाको लत, १० वर्षमै २ सय किलो तौल

फास्टफूडले बच्चा तथा वयस्क सबैको स्वास्थ्यमा असर पारिरहेको छ । डाक्टरहरु पनि बच्चाहरुलाई फास्टफूडबाट टाढै राख्न सल्लाह दिन्छन् ।

तर फास्टफूडको स्वादका कारण बच्चाहरु फास्टफूडहरु प्रति लत नै बसाल्छन् । इण्डोनेसियामा दश वर्षको एक बालकको पनि चाउचाउ र कोकाकोलामा लत बसेको छ । सोही लतका कारण खाँदा खाँदा उनको जिउको वजन २ सय किलो पुगेको छ ।

अत्यधिक मोटोपनाका कारण ती बालक न त स्कुल जान सक्दछन् न त राम्रोसँग हिँडडुल नै गर्न सक्छन् । आर्य मोसन्त्री नामका ती बालक चाउचाउ, भात, मासु, माछा, कोकाकोला लगायतका खानेकुरा निरन्तर खाइरहन्छन् ।

यति धेरै खाँदा पनि उनलार्य भोक लागिरहन्छ । डाक्टरले उनको स्वास्थ्य जाँच गरी मांसाहारी भोजन नगर्न सल्लाह दिए, तर त्यसो गर्दा पनि उनको वजन घटेन । अन्ततः डाक्टरहरुले उनको शल्यक्रिया गर्नुपरेको छ ।

आर्यकी आमा रकैयाका अनुसार उनले ३ जना मानिसले बराबर खानेकुरा खान्छन् । उनको गत अप्रिल १७  मा पहिलेपटक सर्जरी गरी ९ किलो वजन घटाइयो । अहिले उनको तौल थप १६ किलो घटिसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment