Comments Add Comment

अध्ययन भन्छ: स्मार्टफोन प्रयोगकर्ता बढी विवेकी

कम्प्युटर प्रयोगकर्ताको तुलनामा स्मार्टफोन प्रयोगकर्ताहरु विवेकी हुने गरेको एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार नैतिक द्विविधाको अवस्थामा कम्प्युटर प्रयोगकर्ताको तुलनामा स्मार्टफोन प्रयोगकर्ताहरुले आवेगमा नआइकनै विवेकपूर्ण निर्णय गर्ने गरेका छन् ।

बेलायतको लण्डनस्थित सिटी युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार पर्सनल कम्प्युटर प्रयोगकर्ताहरु पूर्वज्ञान तथा स्थापित नियमहरुमा बढि भर पर्ने र त्यसैलाई प्राथमिकता दिने गर्दछन् ।

कम्प्युटर्स इन ह्युमन बिहेवियर नामक जर्नलमा प्रकाशित शोध जब स्मार्टफोनमा कसैलाई द्विविधापूर्ण समस्या दिइन्छ तब उसले त्यसमा विवेकपूर्ण निर्णय गर्ने सम्भावना धेरै हुन्छ । सोही समस्या कम्प्युटरमा दिँदा उसको निर्णय उतिसारो विवेकपूर्ण नहुने ठम्याई शोधकर्ताको छ ।

शोधकर्ताहरुका अनुसार कम्प्युटर प्रयोगकर्ताहरु बढि स्थापित मान्यता तथा आवेगमा समेत निर्णय गर्ने गर्दछन् । अनुसन्धान अनुसार समय चाप जस्ता विषम परिस्थितिमा समेत स्मार्टफोन प्रयोगकर्ताहरुले चाहीँ सान्दर्भिक, विवेकपूर्ण तथा उपयोगितावादमा आधारित रहेर निर्णय गर्ने गरेको पाइएको छ ।

कुनैपनि नैतिक निर्णय डिजिटल परिस्थितिमा निर्भर रहने र हामीले कम्प्युटर अर्थात् अन्य ग्याजेटहरु कसरी चलाउछौँ भन्ने कुराले पनि यसमा फरक पार्ने शोधकर्ताको भनाई छ ।

शोधकर्ताहरुका अनुसार स्मार्टफोनको स्त्रिmनमा घोत्लिरहँदा मानिस एउटा मात्र टास्कमा केन्दि्रत भएको हुन्छ, जबकी कम्प्युटरले चाहीँ अन्य धेरै बाहिरी जानकारी प्राप्त गर्न पनि छुट दिन्छ । सोही कारणले स्मार्टफोनमा प्रस्तुत हुने समस्या तथा कार्यमा उसले बढि विवेकपूर्ण तथा सान्दर्भिक निर्णय लिन सक्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment