Comments Add Comment

२२ महिनामा बैंक तथा वित्तीय संस्थाको चुक्तापुँजी ६४ अर्ब बढ्यो


१४ जेठ, काठमाडौं । राष्ट्र बैंकले २०७२ असारमा बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी वृद्धिको निर्देशन दिएसँगै यी संस्थाहरुको पुँजी ६४ अर्बले बढेको छ ।

२०७२ असारमा कुल १ खर्ब ४० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेका संस्थाको गत चैतसम्ममा भने पुँजी बढेर २ सय ४ अर्ब १० करोड पुगेको राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमाशिक समिक्षामा उल्लेख गरेको छ ।

वित्त कम्पनीहरु मर्जर लगायतमा गएर संख्या घटेपछि यो क्षेत्रको पुँजी भने घटेको छ । १५ अर्ब पुँजी यस क्षेत्रका संस्थाहरुको रहेकोमा घटेर ११ अर्बमा सिमित भएको हो । वाणिज्य बैंकको ९७ अर्बबाट बढेर १ खर्ब ६० अर्ब र बिकास बैंकहरुको २७ अर्बबाट बढेर ३१ अर्ब रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी नपुग्ने कम्पनीहरुलाई मर्जरमा लैजाने समेत योजनामा रहेको राष्ट्र बैंकले लेखा परिक्षणको समय दिन ६ महिना सहुलियत दिने चर्चा समेत चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment