Comments Add Comment

सुदूरपश्चिम सेवा समाज यूएईका अध्यक्ष थापाको विदाई

२८ मे, युएई । सुदूरपश्चिम सेवा समाज यूएईले समाजका संस्थापक बरिष्ठ उपाध्यक्ष र वर्तमान अध्यक्ष चेत बहादुर थापा चेतनलाई सम्मानका साथ बिदाई गरेको छ ।

युएईको बरदुबई स्थित सन् एण्ड मुन ट्राभलमा बिशेष कार्यक्रम आयोजना गरेरर समाजले थापालाई विदाइ गरेको हो ।

कार्यक्रममा बिशेष अथिति लगायत अथितिहरुले थापाले समाजका लागि खेलेको भूमिकाको चर्चा गरेका थिए ।

सोही अबसरमा थापालाई सम्मान पत्रसहित दोसल्ला र खादा ओडाएर भब्यताका सम्मान गरिएको थियो ।

बिगत लामो समयदेखि यूएईमा कार्यरत थापाले उक्त बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै आफूले सबैको साथ र सहयोगले संस्थामा काम गर्ने अबसर पाएको र काम गर्ने कर्ममा सहयोग गर्ने सम्पूर्ण पर्ती आभार प्रकट गर्दै आफ्नो जन्मभुमी फर्किए पनि आफूले समाजलाई निरन्तर सहयोग गर्ने बताए ।

सोही बिदाई तथा सम्मान कार्यक्रममा सुदूरपश्चिम सेवा समाज यूएईका बरिष्ठ उपाध्यक्ष जयराज जोशीले अध्यक्षको जिम्मेबारी पाएका छन् ।

अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष देब कुवरलाई सुदूरपश्चिम सेवा समाज यूएईको केन्द्रीय उपाध्यक्षमा मनोनियत गरिएको छ ।

समाजका केन्द्रीय निवर्तमान अध्यक्ष चेत बहादुर थापा चेतनको अध्यक्षतामा सम्पन्न भएको उक्त बिदाई तथा सम्मान कार्यक्रमका अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका उपसंयोजक लोकेन्ऽ बहादुर बम, समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार शिबराज जैशी, अन्तराष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाज आर्थिक बिभाग प्रमुख धर्मराज पाण्डे, सल्लाहाकार दिलु नगारी रहेका थिए ।

यस्तै देब कुँवर, दिनेश महरा, त्रिलोक चन्द, कृष्णानन्द जोशी, पदम बिष्ट, सि.एन. ठकुरी लगायतको पनि सहभागिता रहेको थियो ।

सुदूरपश्चिम बासीहरुको बाक्लो उपस्थिती रहेको उक्त बिदाई तथा सम्मान कार्यक्रमको संचालन संस्थाका महासचिव मानबहादुर के.सी.ले आफ्नै अन्दाजमा देउडाका टुक्काहरु मार्फत थापालाई शुभकामना दिएका थिए ।

मान बहादुर के.सी.(मुस्कान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment