Comments Add Comment

आमा नजिकै हुनुहुन्छ भन्दै साम्राज्ञीलाई प्रपोज गर्न सकेनन् हिरोले(भिडियो कुराकानी)


नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नव-नायक धिरज मगर चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा काम गर्दैछिन् । यी दुइले एक अर्कालाई नजिकबाट चिन्न थालेका छन् ।

अनलाइनखबरको ‘मस्ती टक’मा कुराकानी गर्ने क्रममा साम्राज्ञी र धिरजले मनका कुराहरु खोले । जब, धिरजलाई हामीले क्यामेरा अगाडि साम्राज्ञीलाई प्रेम प्रस्ताव राख्न भन्यौ, उनी लजाए । उनले हाँस्दै भने-‘साम्राज्ञीको आमा नजिकै हुनुहुन्छ, कसरी प्रस्ताव राख्नु ।’

यता, नायिका साम्राज्ञीले पनि धिरजलाई स्मार्ट भनिन् । लण्डनमा छायांकन हुने यो चलचित्रमा धिरज ‘इन्टु’ र साम्राज्ञी ‘मिन्टु’को भूमिकामा देखिदैछन् । दुबैले आफूहरुको जोडी जम्ने विश्वास व्यक्त गरे ।

साम्राज्ञी र धिरजसँग गरिएको ‘मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः

तपाई आफ्नो टाउकाको तौल कसरी जोख्नुहुन्छ, हामीले साम्राज्ञीलाई यो प्रश्न सोध्दा उनले भनिन्-‘मैले किन जोख्ने टाउको तौल, म जोख्दिनँ ।’
‘मस्टी टक’का क्रममा साम्राज्ञीका ड्रेस डिजाइनर यूवी थापाले पनि कुराकानी गरेका छन् । उनले, आजसम्म साम्राज्ञीले लगाएको सबैभन्दा महंगो पहिरन २० हजारको भएको बताए ।

नेपाली नायिकाहरुमा पहिरनमा सबैभन्दा बढी सेन्स पनि साम्राज्ञीलाई नै भएको उनको भनाई छ । धिरजलाई साम्राज्ञीको कुन अंग सबैभन्दा राम्रो लाग्यो होला, यसको पनि उनले रमाइलोसँग जवाफ दिएका छन् । उनको जवाफ जान्नका लागि तपाइले भिडियो नै हेर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment