Comments Add Comment

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीले पुलिसलाई हरायो

१४ जेठ, काठमाडौं । नेपाल पुलिस क्लवलार्इ हराउँदै त्रिभुवन आर्मी क्लव काठमाडाैंमा जारी प्रधानमन्त्री कप एकदिवशीय क्रिकेटकाे समूह बी बाट बिजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । सोही समूहबाट पुलिस पनि समूह उपबिजेताका रूपमा अन्तिम चारमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि सात विकेटको जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले २५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रनको झिनो योगफल बनायो । पुलिसले दिएको ११० रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११६ बल बाँकी छर्दै पूरा गरेको थियो। आर्मीले ३० दशमलव ४ ओभरमा ३ विकेट गुमाउँदै ११३ रन बनायो ।

पहिले ब्याटिङ गरेको पुलिसका लागि दिलीप नाथले सर्वाधिक ५० रन जोडे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । पुलिसलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारी एक्लैले ६ विकेट लिए ।

जारी प्रतियोगिताको एकै खेलमा– ६ विकेट लिने सुशन दोस्रो खेलाडी बने । त्यसअघि आर्मीकै जितेन्द्र मुखियाले सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा ६ विकेट लिएका थिए ।

त्यस्तै आर्मीको जितमा कप्तान विनोद भण्डारी र नरेश बुढाएरले नटआउट ७६ रनको साझेदारी गरे । पचास बल खेलेका विनोदले ७ चौका एक छक्काको मद्दतमा ४६ रन जोडे । यता नरेशले ७४ बल खेल्दै १ छक्का र तीन चौका प्रहार गर्दै ४१ रन बनाए ।

त्यसैगरी महेश क्षेत्रीले १३, सागर पुनले ११ रन जोडे । पुलिसका ललितसिंह भण्डारीले दुई विकेट लिए भने सुशील कँडेलले १ विकेट लिए । भोलि समूह ‘ए’ मा रहेका सशस्त्र प्रहरी बल (एपिएफ) र पश्चिमाञ्चल विकास क्षेत्रवीच खेल हुनेछ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment