Comments Add Comment

स्थानीय तहमा उम्मेदवार बन्न ताप्लेजुङका शिक्षकहरु धमाधम राजीनामा दिँदै

१४ जेठ, ताप्लेजुङ । आगामी जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनको लागि ताप्लेजुङका शिक्षकहरुले धमाधम राजीनामा दिन थालेका छन ।

स्थानीय तहको निर्वाचनमा मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरुका लागि भन्दै शिक्षकहरु राजीनामा दिएर राजनीतितर्फ उन्मुख भएका छन् । जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका अनुसार पछिल्ला केहि दिनको अवधिमा ८ जना शिक्षकले राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा ओलाङचुङगोला प्राविका शिक्षक छत्रपति प्याकुरेल, पाटी डाँडा प्रावि फाकुम्वाका शिक्षक कुलप्रसाद लिम्बु, हिरिङटार प्रावि सुरुम्खिमका भुमिप्रसाद तामाङ, सुर्के मावि थुकिमा जयबहादुर खड्का, पाथीभरा आधारभूत विद्यालय तेल्लोकका रुपदास भट्टराई, मोति मावि खोक्लिङका होमकुमारी साँवा, सगरमाथा प्रावि खोक्लिङका कृष्णप्रसाद थापा रहेका छन ।

त्यस्तै दुर्गा मावि फुलवारीका पदमजंग सेन्दाङ र पृथ्बी मावि खाम्लुङका शिक्षक शुरेश पुरीले पनि राजीनामा दिएको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment