Comments Add Comment

सिद्धार्थलाई एक्वायर गर्ने जनताको प्रस्ताव पारित

१४ जेठ, काठमाडौं । जनता बैंक नेपालको शनिवारको विशेष साधारण सभाले सिद्धार्थ डेभलपमेन्ट बैकलाई १ बराबर १ अनुपातमा प्राप्ति (एक्विजिशन) गर्ने प्रस्ताव पारित गरेको छ ।

सिद्धार्थ डेभलपमेन्ट प्राप्ति (एक्विजिशन) पछि बैंकको चुक्तापूँजी करिब रु. ७ अर्ब पुग्नेछ । चुक्तापूँजी रु. ८ अर्ब पुर्याउन अपुग हुने रकम जुटाउन बैंकले चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर जारी गर्नेछ ।

बैंकको जगेडा कोषमा करिब रु. १ अर्ब ३६ करोड हुनेछ । यसरी बैंकको चुक्तापूँजी रु ८ अर्ब पुग्ने भएकोले सातौं वार्षिक साधारण सभाबाट पारित हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णयलाई विशेष साधारण सभाले फिर्ता लिएको छ ।

प्राप्ति पश्चात २०७४ असार मसान्तमा बैंकको निक्षेप करिब रु. ५१ अर्ब, कर्जा लगानी करिब रु. ४८ अर्ब, खुद नाफा करिब रु.७५ करोड (साविक त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकको मर्जर र एक्विजिसनको मितिसम्मको मुनाफाबाहेक, जो सिधै जगेडा कोषमा जाने) पुग्ने छ ।

स्थिर सम्पत्ति करिब रु. ६६ करोड, शाखा संख्या १ सय १२, एटिएम संख्या ६०, ग्राहक संख्या करिब ४ लाख ५० हजार, कर्मचारी संख्या करिब १ हजार र निक्षेप तथा लगानीको बजार अंश करिब ३ प्रतिशत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment