Comments Add Comment

भरतपुरको विवाद मिल्यो, मतगणना सुचारू

१४ जेठ, चितवन । मतपेटिकाको सिल सम्बन्धी विवाद समाधान भएपछि भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । वडानम्बर १९ को मतगणना सुरु गर्ने क्रममा सिल नम्बरको विवाद आएपछि गणना रोकिएको थियो ।

मतपेटिकामा भएको सिल नम्बर र मुचुल्का उठाउने क्रममा डायरीमा टिपिएको सिल नम्बर फरक परेको भन्दै दलका प्रतिनिधिहरुले विवाद झिकेका थिए । तर, पछि छानबिनको क्रममा डायरीमा टिपोट गरिएको सिल नम्बर खालि मतपेटिकाको रहेको खुलेपछि विवाद समाधान भएको छ ।

अब १९ र २० नम्बर वडाको मत गन्न बााकी छ र गणना रोकिनुअघिसम्म मेयरमा एमाले उम्मेदवार देवी ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहाल भन्दा ७८४ मतले अगाडि छन् ।

२१ नम्बर वडाको मत गणना सकिादासम्म ज्ञवालीले ४० हजार ९८० मत पाएका छन् भने उनलाई पछ्याइरहेकी दाहालको मत ४० हजार १९६ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment