Comments Add Comment

डोटीमा कांग्रेसले उम्मेदवारको टुङ्गो लगायो

१४ जेठ, डोटी । आसन्न दोश्रो चरणको निर्वाचनका लागि नेपाली कांग्रेस डोटीले स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ ।

पार्टीभित्रको लामो विवाद र छलफलपछि कांग्रेसले जिल्लामा रहेका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहका लागि उम्मेदवारहरुको टुङ्गो लगाएको हो । पार्टीभित्र उम्मेदवारका लागि आकांक्षीहरुको बाक्लो उपस्थिति देखिएपछि करीव एक डेढ महिना लामो छलफल पश्चात पार्टीले आइतबार उम्मेदवार टुङ्गो लगाएको हो ।

उम्मेदवार छनौट प्रक्रियामा ढिलाई भएको भन्दै शनिबार पार्टी कार्यालयमा तालाबन्दी समते भएको थियो । ताला अहिलेसम्म पनि खुलेको छैन ।

कांग्रेसको जिल्ला कार्यसमितिले दिएको जानकारी अनुसार पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा रामप्रसाद उपाध्याय र उपाध्यक्षमा माया कुँबरलाई उम्मेदवार बनाउने निर्णय भएको छ । यस्तै सायल गाउपालिकाको अध्यक्षमा धर्मराज जोशी र उपाध्यक्षमा पूर्णमाया थापा विष्ट, आदर्श गाउँपालिकाको अध्यक्षमा लक्ष्मण सिंह र उपाध्यक्षमा कृष्ना ओझा, के आई सिंह गाउँपालिकामा अध्यक्षमा लोकेन्ऽ बहादुर शाही र उपाध्यक्षमा मिना विष्टको नाम सिफारिस गरिएको छ ।

यसैगरी बोगटान गाउपालिकाको अध्यक्षमा डिल बहादुर बम र उपाध्यक्षमा विष्ना बम, बड्डीकेदार गाउँपालिकाको अध्यक्षमा कृष्ण बहादुर चन्द र उपाध्यक्षमा ईन्ऽा बोहरा भाट र जोरायल गाउँपालिकाको अध्यक्षमा दिपक विष्ट र उपाध्यक्षमा भावना बम ओझालाई टिकट दिने निर्णय भएको कांग्रेस डोटीले जनाएको छ ।

त्यस्तै जिल्लाका दुई नगरपालिकाहरुका लागि जिल्ला समितिले केन्द्रमा पठाएका उम्मेदवारहरुको पनि टुङ्गो लागिसकेको बताईएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा बाजी सिंह खड्का (बिजय) लाई टिकट दिईएको छ ।

यस नगरपालिकामा उपप्रमुखको भने अझै टुङ्गो लागिसकेको छैन् । शिखर नगरपालिकाको प्रमुख पदमा सिताराम जोशी उप प्रमुखमा धौली देबी रावललाई उम्मेदवार बनाउने निर्णय भएको पार्टीले जनाएका छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राष्ट्रिय जनमोर्चाले यसअघि नै अप\mना उम्मेदवारको टुङ्गो लगाई चुवानी प्रचार प्रसारमा गाउगाउमा गईसकेका छन् । नेकपा माओवादी केन्द्र र राप्रपा लगायतका अन्य दलहरुले भने अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment