Comments Add Comment

मलाइकाको ‘ब्याकलेस’ फोटोमा गालीको वर्षा

बलिउड अभिनेत्री मलाइका अरोडाको चालढाल हेर्दा यस्तो लाग्दैन कि उनी १४ वर्षीय छोराकी आमा हुन् । सार्वजनिक कार्यक्रमहरुमा उनी यसरी प्रस्तुत हुन्छिन् मानौं भर्खर २० वर्षमा हिँड्दैछिन् ।

हालै निर्देशक करण जौहरले दिएको बर्थडे पार्टीमा मलाइका हदै सेक्सी लुगा लगाएर पुगिन् । उनले लगाएको गाउन पछाडि पुरै ह्वाङ्गै थियो । उनले आफ्नो हिपमा खोपेको टाटुको अंशसमेत देखिएको थियो । तस्वीरमा उनी अमिताभ बच्चनकी छोरी श्वेता बच्चनका साथ देखिएकी छिन् ।

मलाइकाले बडो गर्वका साथ आफ्नो सो तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरिन् । तर, यहाँ उनले प्रशंसाभन्दा गाली बढि खानु परेको छ । धेरैले उनलाई पुरै कपडा खोल्न सल्लाह दिएका छन् ।

एक यूजरले मलाइकालाई निर्लज्ज आइमाईको संज्ञा दिँदै लेखेका छन्, ‘योभन्दा त बरु कपडा नै नलगाएको भए हुन्थ्यो नी । डिभोर्स दिएर कति खुशी छे । खाली मोजमस्ति गर्नका लागि डिभोर्स दिएकी हो यसले ।’

कतिपय गालीहरु यति भद्दा खालका छन् कि धेरै त यहाँ उल्लेख गर्नसमेत सकिँदैन ।

मलाइका आफ्ना श्रीमान अरबाज खानसँग कानूनीरुपमा अलग भइसकेकी छिन् । गत ११ मेमा बान्द्रा फेमिली कोर्टले सम्वन्धविच्छेदको फैसला गरेको थियो । १४ वषिर्य छोरा अरहान अहिले मलाइकासँग बसिरहेका छन् । अरबाजले उनीसँग चाहेको बेलामा भेट्न सक्छन् । मलाइका र अरवाजको बिहे १९९८ मा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment