Comments Add Comment

कपिलको कार्यक्रममा सचिन तेन्दुलकरको अरुची

भारतमा कुनै पनि नयाँ चलचित्र रिलिज हुनुपूर्व कमेडियन कपिल शर्माको टेलिभिजन कार्यक्रममा प्रमोसन गर्न जाने परम्परा नै बसिसकेको छ । तर, यो परम्परामा भारतीय क्रिकेटर सचिन तेन्दुलकरले ब्रेक लगाइदिए ।

तेन्दुलकरको जीवनमा आधारित फिल्म ‘सचिन अ बिलियन ड्रीम्स’ गत शुक्रबार रिलिज भएको छ । फिल्म रिलिज हुनुअघि उनी ‘द कपिल शर्मा शो’ मा प्रमोसनका लागि आउने अनुमान गरिएको थियो । कपिल र उनको टिमले सचिनलाई ल्याउन भरमग्दुर कोशिस नगरेको होइन । तर, सचिन आउन तयार भएनन् ।

जब कपिलको टिमले कार्यक्रममा आउने प्रस्ताव राख्यो, उनले यो जवाफ दिएर टारिदिए कि उनको फिल्मलाई कुनै पनि हिन्दी कार्यक्रममा प्रमोट गरिने छैन । यद्यपि, सचिनले कयौं मराठी शोहरुमा आफैं पुगेर फिल्मको प्रमोसन गरिसकेका छन् ।

कपिलको कार्यक्रममा सचिनले देखाएको अरुचीको अरु नै कारण हुनुपर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment