Comments Add Comment

टि्वंकलसँग डराउने अक्षय लुकी-लुकी क्रिकेट हेर्छन्

बलिउड अभिनेता अक्षयकुमार एकदमै व्यवस्थित तालिकामा काम गर्छन् । उनको उठ्दादेखि सुत्दासम्म सबै काम पूर्वनिर्धारित हुन्छ ।

अक्षय बिहान ४ बजे उठिसक्छन् भने राति ९ बजे सुतिसक्छन् । तर उनको यो रुटिन त्यतिबेला भताभुंग हुन्छ जब भारतले अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलिरहेको हुन्छ । त्यस्तो बेला उनी राति अबेरसम्म जागा रहेर क्रिकेट म्याच हेर्छन् ।

हालै अक्षयले यस कुराको खुलासा गरेका छन् कि राति क्रिकेट हेर्दा उनले श्रीमती टि्वंकल खन्नाको आँखा छल्नुपर्छ । च्याम्पियन्स ट्रफीभन्दा अगाडि आइतबार भारत र ईंग्ल्यान्डबीच खेलिएको अभ्यास म्याचका क्रममा टेलिभिजन च्यानल स्टार स्पोट्र्सको सेटमा उनी पुगेका थिए । त्यहाँ उनी आफ्नो नयाँ फिल्म ‘ट्वाइलेटः एक प्रेमकथा’ को प्रमोसनका लागि पुगेका थिए ।

सोही कार्यक्रममा अक्षयले यस्तो खुलासा गरेका हुन् । उनले भने, ‘म राति १२-१ बजेसम्म क्रिकेट हेर्छु, तर श्रीमतीले थाहा पाइन् भने गाली गर्छिन् । त्यसैले उनलाई लुकाएर आइप्याडमा हेर्छु ।’

आफ्नो मन पर्ने क्रिकेटरको विषयमा प्रश्न सोध्दा अक्षयले बिराट कोहली, यूवराज सिंह र अजिन्क्य रहाणेको नाम लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment