Comments Add Comment

बायोग्राफी सुरु गर्न भ्याइनन् प्रियंकाले

बलिउड अभिनेत्री प्रियंका चोपडाले केही समयअघि आफ्नो बायोग्राफी लेख्ने घोषणा गरेकी थिइन् । तर उनले अहिलेसम्म लेख्न सुरु गरेकी छैनन् ।

खासमा प्रियंका यति व्यस्त छिन् कि उनलाई यतातिर सोच्ने पनि फुर्सद मिलिरहेको छैन । उनी अहिले एकातर्फ आफ्नो हलिउड फिल्म ‘बेवाच’ को प्रमोसनमा व्यस्त छिन् त अर्काेतर्फ आफ्नो आगामी बलिउड फिल्मको तयारीमा पनि जुटेकी छिन् । यसका अतिरिक्त उनले आफ्नो प्रोडक्सन हाउसका लागि पनि समय निकाल्नुपर्छ ।

बायोग्राफी लेख्न नथाल्नुको कारणबारे प्रियंका भन्छिन्, ‘मेरो जिन्दगीको पानामा भन्नुपर्ने कुराहरु धेरै छन् । मलाई लाग्छ कि यो सबै लेख्नका लागि प्रशस्त समय चाहिन्छ । म पक्कै पनि दुनियाँसामु आफ्नो कथा भन्न व्यग्र छु । तर थाहा छैन, कहिले भन्न सक्नेछु ।’

आफ्नो अहिलेसम्मको यात्रा एकदमै संघर्षमय रहेको पि्रयंकाले दावी गरिन् । तर कहाँ कस्तो संघर्ष गर्नुपर्‍यो भन्ने चाहिँ खुलाइनन् ।

पि्रयंका सन् २००० मा मिस वल्र्डको विजेता बनेपछि लाइमलाइटमा आएकी थिइन् । उनी आफ्नो सफलताको सबैभन्दा ठूलो श्रेय आमा डा. मधु चोपडालाई दिने गर्छिन् । मधुले यतिबेला उनको प्रोडक्सन हाउस पीपीपी हेरिरहेकी छिन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment