Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः राजपा मनाउन चुनाव सार्ने तयारी, बजेट आज

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई निर्वाचनमा सहभागी गराउने वातावरण बनाउन दोस्रो चरणको स्थानीय तह निर्वाचन एक साता सार्ने प्रस्ताव गरेका छन् । प्रतिपक्ष एमालेले पनि त्यसमा घुमाउरो ढंगले समर्थन गरेको खबर आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् । सरकारले आज आर्थिक वर्ष ०७४/७५ को बजेट सार्वजनिक गर्न लागेको विषयलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।

अन्नपूर्ण पोस्ट दैनिकले अर्थतन्त्र सुधारोन्मुख भएको लेखेको छ । चुनाव सार्न सहमति भएकादेखि १२ खर्ब ८० अर्ब रुपैयाँको बजेट आज आउन लागेको खबर अन्नपूर्णमा छ ।
कान्तिपुर दैनिकले कामचलाउ सरकारले जम्बो बजेट ल्याउन लागेको लेखेको छ । राजपालाई मनाउन चुनाव सार्ने तयारी भएको पनि कान्तिपुरले लेखेको छ ।

नागरिक दैनिकले काठमाडौं महानगरपालिकाको स्थानीय तह निर्वाचनको परिणामलाई मुख्य खबर बनाएर छापेको छ ।

नयाँ पत्रिका दैनिकले दोस्रो चरणको निर्वाचन एक साना सार्ने तयारी दलहरुले गरेको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment