Comments Add Comment

चुनाव सार्ने प्रधानमन्त्रीको प्रस्तावमा एमालेको घुमाउरो सहमति

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचन सहभागी गराउने वातावरण बनाउन दोस्रो चरणको स्थानीय तह निर्वाचन एक साता सार्न प्रस्ताव गरेका छन् ।

प्रतिपक्षी एमालेले पनि त्यसमा घुमाउरो सहमति जनाएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

आइतबारको चार दल बैठकमा एमालेले निर्वाचन सार्ने प्रस्तावमा घुमाउरो तरिकाले सहमति जनाएको हो ।

सरकारले सल्लाह नै नगरी राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउन एक महिना सारेर दोस्रो चरणको मिति घोषणा गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीले निर्वाचन सार्दा राजपाको सहभागिता पहिल्यै सुनिश्चित हुनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment