Comments Add Comment

प्रहरी संगठनभित्र बेथिति, अकर्मण्यताले धमाधम अवकाश

१५ जेठ, काठमाडौं । ‘मलाई सम्झना छ, केही वर्षपहिले एआईजीको प्रमोसनको दौडधूपको समयमा एसएसपी रमेश खरेलले भनेका थिए, सुटकेस बोकेर नेताहरुकहाँ दौडधूप चलिरहेछ तर समय धेरै बदलिसकेको रहेछ, अब नेपालमा सुटकेस होइन बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ । खाम मात्रै बोकेर कुद्ने वा केही बोक्न नसक्ने प्रहरी अधिकृतको हविगत के होला ?’ यी भनाइ सरकारको गैरजिम्मेवारका कारण मुखैमा आएको बढुवा नपाई अवकाशतर्फ धकेलिएका एसएसपी यादवराज खनालले फेसबुकमा व्यक्त गरेका हुन् ।

मुखैमा आएको बढुवाबाट विमुख भएपछि शनिबार मात्रै अवकाश पाएका खनालले प्रहरी नेतृत्वको तिखो आलोचना मात्रै गरेका छैनन्, प्रहरी संगठनभित्र राजनीतिक हस्तक्षेपको समग्र पर्दाफास गरेका छन् । चार डीआईजीको पद खाली हुँदाहुँदै पनि बढुवा नभई अवकाश प्राप्त गरेका खनाल दोस्रो एसएसपी हुन् ।

केही साताअघि मात्रै अर्का एसएसपी मिलन बस्नेतले बढुवाको सट्ठा अवकाशतर्फ धकेलिनपुरेको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment