Comments Add Comment

हरेक आवेदकलाई अब कम्तीमा १० कित्ता सेयर

१५ जेठ, काठमाडौं । सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन् । अब भने त्यस्तो दिक्काली खेप्नुनपर्ने भएको छ ।

अब हरेक आवदेकले अनिवार्य रुपमा १० कित्ता सेयर पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तीमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो ।

बोर्डले सेयर व्यवहारिक रुपमा वितरण गर्न नसकिएको भन्दै त्यसलाई परिमार्जन गरी कम्तीमा हरेक व्यक्तिलाई न्यूनतम १० कित्ता दिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

आवेदन दिनेलाई हात खाली नगराउने नीतिअनुसार यस्तो व्यवस्था गर्न लागिएको बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । सेयर खरिदका लागि अत्यधिक निवेदन आएर कम्तीमा १० कित्ता सेयर पनि दिन नमिल्ने भएमा मात्र गोलाप्रथा गरिने बोर्डको भनाइ छ । नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment