Comments Add Comment

मेयरलाई मर्यादाक्रम अन्योल, सिडियोभन्दा तल कि माथि ?

१५ जेठ, काठमाडौं । सोमबार आयोजना हुने गणतन्त्र दिवसको लागि नारायण नगरपालिका, दैलेखका मेयर रत्नबहादुर खड्कालाई निम्तो आएको छ । तर, उक्त कार्यक्रममा आफ्नो मर्यादाक्रम कहाँनिर रहन्छ भन्ने अलमल छ ।

‘जनप्रतिनिधि हुँ । तर, स्पष्ट व्यवस्था नहुँदा सिडियोभन्दा माथि कि तल अलमलमै छु,’ उनले भने ।

उपसचिव प्रमुख जिल्ला अधिकारी हुने जिल्लाका मेयरहरु खड्काझै मर्यादाक्रमको अन्यौलमा देखिन्छन् । हालको मर्यादाक्रम अनुसार उपमहानगरपालिका र नगरपालिकाका मेयरको स्थान १९ औं नम्बरमा छ, जुन नम्बरमा नेपाल सरकारका सहसचिव महानिर्देशक, उपमहानिर्देशक, जिल्ला न्यायाधीश र राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी रहेका छन् ।

राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) स्तरका कर्मचारी प्रमुख जिल्ला अधिकारी हुने पहाडी जिल्लामा भने अन्यौल देखिएको छ । मर्यादाको सूचीमा उपसचिवलाई २३ औं नम्बरमा राखिएको नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment