Comments Add Comment

नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा शुरु

२९ मे, अमेरिका ।  युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा शुरु भएको छ । २ दिनसम्म चल्ने सम्मेलनको उदघाटन एक समारोहबीच अरबिड सिटीका मेयर रिक स्टोफर्डले  गरे ।

अमेरिकामा रहेका नेपाली युवा तथा वालबालिकाहरुको संभावनाको ढोका खोल्न र अमेरिकामा रहेका अवसरहरु बारे जानकारी दिने लक्ष्य सम्मेलनले राखेको छ । फेसन शाे, हाजिरीजवाफ प्रतियोगिता, ट्यालेन्ट शो, कल्चरल कार्यक्रम, फुटबल, भलिबल, बास्केटबल प्रतियोगितासमेत आयोजना गरिएको आयोजकले जनाएका छन् ।

एसोसिएसनका अध्यक्ष पासाङ लामाले दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न कार्यपत्र र विषयवस्तुहरुमाथि छलफल हुने जानकारी दिँदै नेपाली समुदायका युवा तथा बालबालिकाहरु यसबाट लाभान्वित हुने विश्वास व्यक्त गरे ।

अरबिड सिटीका मेयर रिकले केही प्रतिशत नेपालीहरु मतदाताका रुपमा रहेको चर्चा गर्दै नेपाली समुदायले गर्ने हरेक कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै युनाइटेड नेपलिज एसोसिएसनका अध्यक्ष पासाङ लामाले युवा हरेक समुदाय र राष्ट्रको भविष्य रहेको बताए । उनले युवाहरुको वृद्धि विकासमा लगानी गर्न हात कमाउन नहुने धारणा समेत व्यक्त गरे ।

सियाटलका लागि नेपाली वाणिज्यदूत एसी शेर्पाले यूएनएले आयोजना गरेको कार्यक्रम टेक्सासमा रहेका नेपाली समुदायका युवा तथा बालबालिकाहरुका लागि निकै फलदायी हुने विश्वास व्यक्त गरे । वाणिज्यदूत शेर्पाले अमेरिकामा हरेक सुविधा उपभोग गर्न सफल भए पनि आफ्नो मातृभूमिको ऋण तिर्न भने बाँकी रहेको बताए ।

सन् २०१४ मा स्थापना भएको यो संस्थाको पहिलो सम्मेलन यस अघि लसएन्जलसमा भएको थियो । दोश्रो सम्मेलन युवाकेन्द्रित बनाइएको छ ।

त्यस्तै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले युएनएको एउटा पाटोको रुपमा प्रस्तुत हुन पाउँदा गौरब लागेको बताउंदै युनाइटेड नाम नै काफी भएकोले ब्यबहारमा पनि अमेरिकाको नेपाली समाज एकताबद्ध हुनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment