Comments Add Comment

बजेट आज, प्राथमिकतामा संविधान र निर्वाचन

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेट सोमबार प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले १२ खर्ब ८० अर्बको बजेट व्यवस्थापिका संसदमा प्रस्तुत गर्न लागेका हुन् ।

जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले बजेट पेश गर्न लागेको हो । निर्वाचनअघि कामचलाउ सरकारले बजेट प्रस्तुत गर्नुपर्ने भएकाले यसपटक नयाँ कार्यक्रम भने समावेश गरिएको छैन ।

बजेटले संविधान कार्यान्वयन र निर्वाचनलाई मुख्य प्राथमिकतामा राखेको अर्थ मन्त्रालयले जनाएको छ । यसका साथै सरकारले ऊर्जा, पूर्वाधार, शिक्षा, कृषि विकास, स्वास्थ्य, गरिबी निवारणलाई पनि बजेटको प्राथमिकतामा राखेको छ ।

सरकारले स्थानीय तहमा भने पहिलोपटक धेरै रकम विनियोजन गर्ने तयारी गरेको छ ।

बजेटमा कर्मचारीको तलब वृद्धिलाई समावेश गर्दै आइरहेको सरकारले यस वर्ष भने तलब वृद्धि नगर्ने भएको छ ।

पुरानै बजेटलाई निरन्तरता दिँदै पेस हुन लागेको बजेटको सीमा भने गत वर्षभन्दा केही बढाइएको छ । राष्ट्रिय योजना आयोगले सुरुमा १२ खर्ब ६ अर्बको बजेट सीमा तोके पनि स्रोत समितिको बैठकले १२ खर्ब ८० अर्बको सीमामा रहेर बजेट ल्याउन भनेपछि त्यही अनुसार बजेट ल्याउने तयारी अर्थले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment