Comments Add Comment

जापानमा मनाइयो गणतन्त्र दिवस

राजदूतको भाषण – जनआन्दोलनका शहीद महान

२९ मे, जापान । जापानका लागि नवनियुक्त राजदूत प्रतिभा राणाले जापानमा रहेका सत्तरी हजार नेपाली अवैतनिक दूत भएको बताएकी छन् ।

नवौं गणतन्त्र दिवसको अवसरमा टोकियोस्थित नेपाली राजदूतावासमा सम्पन्न समारोहलाई सम्वोधन गर्दै राजदूत राणाले जापानवासी नेपालीहरुलाई जापानमा आर्जित पूँजी, ज्ञान, सीप र प्रविधिलाई देशको सामाजिक तथा आर्थिक विकासमा लगाउनुका साथै देशको हितमा काम गर्न आग्रह गरिन् ।

समारोहमा राणाले गणतन्त्र ल्याउन अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात÷अज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शहीदको योगदानवारे प्रकाश पारिन् । उनले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिदैं जापानमा रहेका सम्पूर्ण संघसंस्थासँग सहकार्य गरी नेपालको राष्ट्रिय हितमा काम गर्नुका साथै जापानवासी नेपालीहरुको चासो, चिन्ता र अपेक्षालाई सम्बोधन गर्न आफू कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिन् ।

त्यस्तै राजदूत राणाले आफ्नो कार्यकालभित्रमा राजदूतावासको आफ्नै भवनको व्यवस्था गर्न हरसम्भव पहलहरु गर्ने प्रतिबद्धता पनि जाहेर गरिन् ।

राष्ट्रगानबाट सुरु भएको सो समारोहमा गणतन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने ज्ञात÷अज्ञात शहीदहरुप्रति १ मिनेट मौनधारणा गरिएको थियो । जापानका विभिन्न क्षेत्रमा संलग्न नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको सो समारोहमा दूतावासका द्वितीय सचिव टोपनारायण गिरीले स्वागत गरेका थिए भने उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले सहजीकरण गरेका थिए ।

समारोहमा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले गणतन्त्र दिवसको शुभकामना दिनुका साथै गणतन्त्रबारे बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment