Comments Add Comment

प्रधानमन्त्री पुत्र प्रकाशलाई सुप्रबल जनसेवाश्री पदक

१५ जेठ, काठमाडौं । सरकारले प्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहाललाई सुुप्रबल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारले ५१४ जनालाई विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको छ । सुुप्रबल जनसेवाश्री पदक १२० जनालाई प्रदान गरिने भएको छ, जसमा प्रधानमन्त्री पुत्र प्रकाश दाहाल पनि परेका छन् ।

यो सूचीमा उनी १०९ औं नम्बरमा छन् र, उनलाई चितवनका समाजसेवी भनिएको छ ।

प्रकाश दाहाल हाल प्रधानमन्त्रीको सचिवालयमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment