Comments Add Comment

जीवन जलको पुनः उत्पादन सुरु, धनगढीबाट विक्री थालियो

१५ जेठ, कैलाली । नेपाल औषधि लिमिटेड आफैंले उत्पादन गरेको जीवन जलको विक्री वितरण कैलालीको धनगढीबाट सुरु भएको छ ।

धनगढीमा पत्रकार सम्मेलन गरेर लिमिटेडका महाप्रबन्धक डा. रोबस कुसुम सुवेदीले बन्द रहेको नेपाल औषधि लिमिटेडबाट पहिलो पटक जीवन जल उत्पादन गरी विक्री वितरण सुरु गरिएको जानकारी दिए ।

उनले जीवन जल नपाएर मानिसको मृत्यु भएको खबर समाचार माध्यमबाट धेरै पटक सुनेपछि औषधिको रुपमा पहिलो पटक जीवन जललाई प्राथमिकतामा राखेर उत्पादन थालिएको बताए । महाप्रबन्धक सुवेदीले धनगढीका लागि आधिकारीक विक्रेता अमित मेडिसिन तोकिएको जानकारी दिए ।

सुन्तलाको स्वादमा उत्पादन गरिएको जीवन जलको एक प्याकेटको बजार मुल्य नौ रुपैयाँ कायम गरिएको छ ।

वि.सं. २०२९ सालमा तत्कालीन राजा महेन्द्रले काठमाडौंको बबरमहलबाट शाही औषधि लिमिटेडको नामबाट औषधि उत्पादन सुरु गरिएको उद्योगले त्यसताका करिब १ सय २० प्रकारका औषधिहरु उत्पादन गर्ने गरेपनि विभिन्न काल खण्डमा भएका राजनैतिक घटनाक्रमले कर्मचारी भर्तिकेन्द्र र औषधिहरुमा कमिसनको खेलका कारण वि.सं. २०६६ सालमा धरासायी हुदै बन्द भएको थियो ।

उद्योगमन्त्री नविन्द्रराज जोशीको पहलमा २०७४ बैशाख २४ गते पुनः संचालनमा आएको नेपाल औषधि लिमिटेडले आगामी तीन महिनाभित्र सिटामोल उत्पादान गर्ने लक्ष्य रहेको महाप्रबन्धक सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment