Comments Add Comment

दोस्रो चरणको निर्वाचन हुने क्षेत्रमा आज निर्वाचन कार्यालय स्थापना हुँदै

१५ जेठ, काठमाडौ । दलहरुवीच पूर्व निर्धारित निर्वाचन मिति केही दिन पछि सार्नेबारे छलफल गरिरहँदा निर्वाचन आयोगले भने जेठ ३१ गते नै निर्वाचन गर्ने गरी तयारी तीव्र पारेको छ ।

निर्वाचन आयोगले आज दोस्रो चरणमा निर्वाचन सम्पन्न गराउन बाँकी जिल्लाका ४ सय ६१ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याउन लागेको हो ।

आयोगले आज ४ सय ६१ वटै स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने बताएको छ । त्यसका लागि आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतलाई खटाइसकेको बताएको छ ।

आयोगले आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेपछि भोलिदेखि नै निर्वाचनका लागि प्रक्रिया अघि बढाउने छ ।

निर्वाचन आयोगको पूर्व निर्धारित कार्यक्रम अनुसार दोस्रो चरणमा चुनाव हुने स्थानीय तहमा जेठ १९ गते उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment