Comments Add Comment

हुप्सेकोटका किसानको दुःखः उत्पादित आलु नबिक्दा कुहिएरै सकियो

१५ जेठ, नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउंपालिकाको देउराली क्षेत्रमा यस बर्ष समयमै आलु विक्री नहुँदा र सञ्चित आलु पनि कुहिन थालेपछि यहाँका किसान मारमा परेका छन् ।

गिरुवारीका किसान विष्णु तिमिल्सिनाले बजारभाउ भन्दा आधा सस्तोमा पनि आलु विक्री गर्न गाह्रो भएको बताए ।

यहाँका किसानले १० कठ्ठामा लगाएको आलु खेतीबाट घर खान छुट्याएर पनि एक सिजनमा ६० देखि ८० हजारसम्म आम्दानी गर्ने गर्दथे ।

बजारमा अहिले आलु प्रतिकिलो २० देखि २५ रुपैयाँ छ तर अहिले व्यापारीहरुले १० रुपैयाँ किलोमा पनि आलु किन्न नमानेको अर्की किसान धनमाया रानाले बताइन् ।

यस क्षेत्रमा २० बर्ष अघिदेखि व्यवसायिक रुपमा आलु खेती थालिएको थियो । तर, अहिले आलु निक्कै सस्तिएकाले विक्री हुन नसकेको रानाले बताइन् । रानाका अनुसार अहिले आलु अचाक्ली कुहिएर फाल्नु परेको छ । उनले यस बर्ष ५० किलो भन्दा आलु विक्री गर्न नसकेको बताइन् ।

यस अघि चौधरी उद्योगले आलु उत्पादनका लागि आफै विउ दिएर उत्पादन भएको आलु आफैं खरिद गर्ने गर्दथ्यो । अहिले त्यो पनि नभएको विष्णु तिमिल्सिनाले बताए ।

गिरुवारी क्षेत्रमा मात्र झण्डै एक सय ५० विगाहा क्षेत्रफलमा आलु खेती हुने गर्दछ ।

त्यसका अलवा यस नजिकैको गाउँ धौवादीमा पनि राम्रो आलु खेती हुने गर्दछ । धौवादीका किसानहरुले आलुसँग धान साटेर अधिकांश आलु विक्री गरिसकेको भएपनि गिरुवारीमा भने अझै उत्पादन भएको आलुको ८० प्रतिशत आलु विक्री नभई त्यसै किसानहरुको घर-घरमा थुपि्रएको छ ।

चोरमारा कृषि सेवा केन्द्रको प्रमुख राजेन्द्र गौडेलका अनुसार यहाँ १ हजार टन आलु उत्पादन भएको छ । उनका अनुसार आलु विक्री नभएर घरघरमै धेरै आलु स्टक भएपनि आलुको पुतली नामको किरा लागेर आलु कुहिन थालेको हो ।

उनले यसका लागि बन्द कोठामा गुद्री ओछ्याएर गुद्री मुनि आलुको पुतली मार्ने सामान्य औषधि राखेर आलुलाई गुद्रीमाथि राखी ४८ घण्टा बन्द कोठामा राख्न सके केही नियन्त्रण हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment