Comments Add Comment

टिकट नपाए पछि अनसन बसेका कांग्रेस कार्यकर्ता अस्पताल भर्ना

१५ जेठ, कैलाली । नेपाली कांग्रेस जिल्ला कार्यसमतिले टिकट वितरणमा धाधली गरेको भन्दै ५ दिनदेखि आमरण अनसनमा बसेका कृष्ण कुँवरको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

कुँवरको स्वास्थ्य अवस्था कमजोर भएपछि आइतबार राति सेती अञ्चल अस्पतालमा रहेको सघन उपचार कक्ष (आईसियु) मा भर्ना गरिएको छ ।

नेविसंघका पूर्व जिल्ला अध्यक्ष समेत रहेका कुँवर विगत ५ दिनदेखि पार्टी कार्यालयमा नै अनसनमा बसेका थिए ।

उनले पार्टीले आफूलाई धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ को अध्यक्षको टिकट दिनु पर्ने माग राख्दै आएपनि पार्टीले राम्रालाई भन्दा आफ्नालाई काखी च्यापेको भन्दै कुँवर अनसनमा बसेका थिए । पार्टीले वडा नम्बर १ मा सन्तोष मुडभरी र महादेव सोवको नाम केन्द्रमा सिफारिस गरेको छ ।

अनसनमा रहेका कुँवरको स्वास्थ्यमा समस्या आएपछि डाक्टरको सल्लाहमा उनलाई आईसियुमा भर्ना गरिएको हो ।

सेती अञ्चल अस्पतालमा आईसियु ईन्चार्ज डा. किरण खनालले कुँवरको मुटुको धडकनमा सामान्य फेरबल देखिएको बताउँदै कुँवर खतरामुक्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment